img
सकारात्मक अभिभावकत्व तालिम सम्पन्न
सकारात्मक अभिभावकत्व तालिम सम्पन्न

रामेछाप । मन्थली नगरपालिकाका ३ वटा विद्यालयमा सकारात्मक अभिभावकत्व सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । सिविस अन्तरगत बाल अधिकारका लागि सँगसँगै परियोजनाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
आफ्ना सन्तानलाई घर र विद्यालयमा गर्ने व्यवहार, हुर्काउन, बढाउन र पढाउन ध्यान दिनका लागि सकरात्मक अभिभावकत्व तालिम दिइएको जिल्ला परियोजना संयोजक तिलक कार्कीले बताउनु भयो । मन्थली नगरपालिकाका विद्याश्रम आधारभूत विद्यालय, जखनीटार, जनविजय आधारभूत विद्यालय, सुनारपानी र आधारभूत विद्यालय, अर्चलेमा तालिम संचालन गरिएको संयोजक कार्कीले जानकारी दिनु भयाे ।

तालिममा बाल विकासको चरणहरु, अभिभावक र बालबालिकाबीच सञ्चार जस्ता विषयमा तालिम संचालन गरिएको थियो । त्यसै गरी अनुशासन, बालबालिकाको व्यवहारमा सकरात्मक परिवर्तन, असल व्यवहार, प्रोत्साहन, तनावको लक्षणहरु, तनाव व्यवस्थापन, रिस नियन्त्रण जस्ता विषयमा छलफल गरिएको थियो । तालिममा तनाव कम गर्ने उपायहरु, बालबालिकाको व्यवहार व्यवस्थापन गर्ने जस्ता विषयवस्तुमा सिविसकी टिम लिडर रुजा पोखरेल र प्रशिक्षक मनिता धरेलले सहजिकरण गर्नुभएको थियो ।
तालिममा सहभागि सिरु माझीले बालबालिकालाई विद्यालय पठाए पछि आफ्नो जिम्मेवारी सकिने सोचेका थियौं, जिम्मेवारी त धेरै रहेछ भन्ने बुझेको बताउनु भयो । स्थानीय सरकारले गर्न चाहेर पनि नसकेको कार्यमा सहयोग गरेकामा ५ नंं. वडाअध्यक्ष रविन कार्कीले खुशी व्यक्त गर्नुभयो । संस्थासँग सहकार्यमा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण, बाल समुहको क्षमता विकास तथा बाल समुहका गतिविधीमा संस्थाले सहयोग गरेको बताउनु भयो ।

External Link
Recent News
<?xml version="1.0" encoding="utf-8"?>