
क्षेत्रीय युवा सम्मेलन काठमाडौंमा सुरु
काठमाण्डौं । सिबिस र दिगो विकासको लागि नेपाल युवा सन्जालको आयोजनामा वातावरणीय स्थायित्व र जलवायु कार्य विषयक क्षेत्रीय सम्मेलन सुरु भएको छ । प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री माननीय रन्जुकुमारी झाले बुढानिलकण्ठमा वृक्षारोपण गर्दै सम्मेलनको उद्द्घाटन गरेकी हुन ।उद्घाटनमा बोल्दै झाले नेपालमा वातावरणको संरक्षणमा ध्यान दिदै ऐन कानुनहरु निर्माण गरेको भएता पनि त्यसलाई व्यवहारमा उतार्न ढिला भएको बताउदै विकासले विनास निम्त्याउन नहुनेमा सजक हुन आवश्यक रहेकोमा जोड दिईन्।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव दिपक ज्ञवालीले जलवायु र वातावरण संरक्षण सरकार मात्रको नभई सबैको साझा मुद्दा रहेको र स्थानिय देखि विश्वब्यापी सहकार्य गर्न सरकार लागि परेको बताए ।
युवा सन्जालका अध्यक्ष सौरभ खनालको अध्यक्षतामा सुरु भएको सम्मेलनमा सिबिसका अध्यक्ष बिमला ज्ञवाली, ताजकस्थान ,भारत, पाकिस्तान र नेपालका गरि ३० जना युवाहरुको सहभागिता रहेको छ ।
टिडिएच जर्मनीको सहयोगमा भएको सम्मेलन जेठ ४ र ५ गते गरि दुई दिन चल्नेछ । दक्षिण एसियामा वातावरणीय र जलवायु नीतिको पैरवी , युवाहरुको भूमिका ,असल अभ्यास , दक्षिणी एसियाली नीतिहरुमा रहेका खाडल , चुनौती र अवसर लगायतका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुतसंगै समुहगत छलफल चल्नेछ भने छलफलबाट आएका सवालहरुलाई संकलन गर्दै काठमाडौं घोषणपत्र जारी गरि सम्मेलन सम्पन्न हुनेछ ।
External Link