img
बाल सहभागीता (राष्ट्रिय बाल दिवस बिशेष)
बाल सहभागीता (राष्ट्रिय बाल दिवस बिशेष)

बालबालिकालाई उनीहरूका विचार व्यक्त गर्न वा आफुलाई असर पार्ने विषयबारे बोल्ने, निर्णय प्रक्रियामा संलग्न हुने र आफ्नो उमेर र परिपक्वता अनुरूप दैनिक गतिविधिमा सहभागी हुने प्रक्रिया हो, बाल सहभागीता । बाल सहभागीताले बालबालिकालाई आफ्नो चासोको विषय र आफ्नो विचारलाई सरोकारका निकाय वा सम्बन्धित ठाउँमा आफैले आफ्नो बिचार वकालत गर्न सक्षम बनाउँछ । बालबालिकाका विचार सङ्गठनात्मक नीति बनाउने तहदेखि दैनिक गतिविधिमा उनीहरुलाई प्राथमिकता, बाल अधिकारको सम्वद्र्धन र निर्णायक प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागीता नै बाल सहभागीता हो । जब सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार सम्बन्धी महासन्धीमा विभिन्न देशहरुले प्रतिबद्धता तथा हस्ताक्षर गरे । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरे पश्चात् क्रमिक रुपमा बाल सहभागीता व्यापक बढ्दै गएको थियो । नेपालमा पनि बाल सहभागीता सुनिश्चित गर्न संवैधानिक व्यवस्थादेखि नीति निर्माण तह र व्यवहारसम्म बालबालिकाको सहभागीताका लागि उल्लेखिनीय कार्यहरुको थालनी भएको छ । नेपालमा बालबालिकाले आफ्नो हक अधिकार सुनिश्चित गर्न बालक्लव जस्ता सङ्गठन, बालमैत्री स्थानीय शासन जस्ता माध्यमबाट आप्mना विचार अभिव्यस्त गर्न पाएका छन् । विभिन्न बालबालिकाका सरोकारका सङ्गठनात्मक संरचनामा बालबालिकाले पनि प्रतिनिधित्व गरेका छन् । नेपालमा बालबालिकाले आफ्नो हक अधिकार सुनिश्चित गर्न बालक्लव जस्ता सङ्गठन, बालमैत्री स्थानीय शासन जस्ता माध्यमबाट आप्mना विचार अभिव्यस्त गर्न पाएका छन् । विभिन्न बालबालिकाका सरोकारका सङ्गठनात्मक संरचनामा बालबालिकाले पनि प्रतिनिधित्व गरेका छन् । बाल सहभागीता केबल नीति तथा सङ्गठनात्मक संरचनामा समेटेर मात्र हुँदैन । उनीहरुको विचार निर्णय प्रक्रिया तथा कार्य प्रणालीमा समावेश गराइ अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नुपर्छ । नेपालमा अझै पनि पारिवारिक छलफलदेखि नीतिगत छलफलमा बालबालिकाको सहभागी गराएता पनि निर्णायक प्रक्रियामा उनीहरुको विचार समावेश हुँदैन । उदाहरणका लागि परिवारिक छलफलको निर्णयमा बालबालिकाको मतको कदर हुँदैन, सामान्य रूपमा– घरमा खाना बनाउँदा अभिभावकको खुसी र इच्छामा बनाइन्छ । बालबालिकाले खान योग्य (जस्तै चिल्लो, पिरो) को बारेमा छलफल गरेको पाइँदैन । त्यस्तै, नीतिगत तहमा पनि बालबालिकाले उठाएका आवाज अनुमोदन गरिँदैन । औपचारिकताका लागि मात्र बालबालिकालाई सहभागी गराउने प्रवृत्ति छ । उदाहरणका लागि स्थानीय तहले योजना तर्जुमा गर्नुअघि बाल भेला गर्नुपर्ने प्रावधान अनुरुप बालबालिकाका विचार मार्फत् योजना सङ्कलन हुन्छन् तर धेरै जसो स्थानीय तहमा ती बालबालिकाले दिएका योजना नै समावेश हुँदैन । त्यस्तै बालबालिकासँग सरोकार राख्ने सङ्गठनात्मक संरचनामा बालबालिकालाई समावेश गराएता पनि उनीहरुका विचारलाई वेवास्ता गरेको पाइन्छ । यसले बालबालिकाको सहभागीता भएता पनि अर्थपूर्ण सहभागीता कम भएको अवस्थालाई प्रतिबिम्वीत गर्दछ । बालबालिकाको अर्थपूर्ण सहभागीताले “जसको सवाल उसैको आवाज” भन्ने सामाजिक मान्यतालाई मजबुत बनाउँछ । बाल सहभागीताले उनीहरुको भविष्यको जीवनयापन शैलीलाई सीपको रूपमा सिकाउन मद्दत गर्दछ । उनीहरुले नै आफना विचार राख्दा बालबालिकाको वास्तविक यर्थात, उनीहरुको आवश्यस्ता र समस्यालाई पहिचान गर्न सकिन्छ । भविष्यका कर्णधार नागरिकलाई आजैबाट सक्षम बनाउनुपर्छ । समाज परिवर्तनका संवाहक बालबालिकाको आवाजलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । विभिन्न सामाजिक संङ्घ संस्था तथा नागरिक समाजको पहलले आज बालबालिका आफ्नो आवाज राज्यका सम्बन्धित निकायमा पुर्याउँन सक्षम भएका छन् । बालबालिकाको अर्थपूर्ण सहभागीतालाई थप बढाउन बालबालिकाले राखेका नीति, विचार र भावनालाई सरोकारवाला निकायले अनुमोदन र उनीहरुका विचारको कदर हुनुपर्छ । यसको पहल र समन्वयकारी भूमिका निर्वाह गर्न सम्पूर्ण सरकारी निकाय, बाल अभियान्ता, बाल अधिकारकर्मी, नागरिक समाज र सामाजिक संङ्घसंस्थालाई हार्दिक अनुरोध गर्दछौँ । आजका बालबालिका भोलिको राष्ट्र निर्माण गर्ने कर्णधार हुन् । बालबालिकाको अर्थपूर्ण सहभागीतालाई सुनिश्चित गरौं १ जय बालबालिका ।

-धिरेन्द्र बि.सी.

(कक्षा १० मा अध्ययनरत बि.सी. सिविसको बाल सल्लाहकार समितिको सचिव हुनुहन्छ ।)

External Link
<?xml version="1.0" encoding="utf-8"?>