img
फाेहाेरबाट माेहाेर बनाउने उद्योगकाे अवलोकन
फाेहाेरबाट माेहाेर बनाउने उद्योगकाे अवलोकन

सदरमुकाम धादिङबेसीबाट निस्काशन हुने कुहिने फाेहाेरलाई माेहाेर बनाएर बजार लान सुरु गरिएकाे उद्याेगकाे अवलाेनमा आएका युवाहरु यसलाई सरकारका निकायहरुले पछ्याउनुपर्ने बताएका छन् ।

नीलकण्ठ नगरपालिकाले धादिङबेसी क्षेत्रकाे कुहिने फाेहाेरलाई कम्पाेष्ट मल बनाउन थालेपछि सिकाईकालागि आउनेहरुकाे भिड लाग्न थालेकाे छ ।

टिडिएच जर्मनकाे सहयाेगमा सिविसले संचालन गरेकाे  “स्थानीय देखि विश्वव्यापी” परियाेजनामा आवद्ध हेटाैँडा, माणी, र नीलकण्ठ का ६० जना युवाहरुले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा संचालित कम्पाेष्ट मल बनाउने उद्योगकाे अवलाेकन गरेका छन् ।

जलवायु अनुकुलन मानिने कम्पाेष्ट मल माग समेत बढेकाे पाईन्छ । उर्बर जमीन बनाउने र वातावरणमैत्री भएकाेले पनि बजारबाट कुहिने फाेहाेर लगेर माेहर बनाउने काम उदाहरणीय भएकाे अनुभविहरुकाे भनाई छ ।

अवलाेकनमा सहभागिहरुका लागि २ दिने हरित उद्यम तालिम संचालन भएकाे सिविसका इश्वरी काेईरालाले बताउनुभयाे ।

<?xml version="1.0" encoding="utf-8"?>