सिविस (समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका) सन् १९९३ डिसेम्बर २ तारिखका दिन स्थापना भएको एक गैर सरकारी संस्था हो । सिविस नेपाल अधिराज्यभरी काम गर्ने गैर राजनितिक, गैर धार्मिक सामाजिक तथा मानव अधिकारबादी संस्था हो । यसले नेपालमा मात्र नभइ विश्वमा नै शान्ति र मानव अधिकारको पक्षमा आवाज उठाउँछ ।
सिविसको स्थापना ग्रामिण महिला र बालबालिकाहरुको मानव अधिकार तथा बिकासको पक्षमा र लंैगिक समानताको लागि अधिकारमुखी दृष्टिकोणकासाथ संर्घष्ारत युवा महिलाहरुद्धारा स्थापना गरिएको संस्था हो । |